श्रमिकहरूलाई अतिरिक्त आर्थिक भार थप्ने काम नहोस ः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हाल श्रम तथा रोजगार मन्त्रालयले वृद्धि गरेको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुनेगरी कार्यान्वयनको व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएका छन् ।
मंगलबार दिउँसो सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले नेपालीहरूको अर्थतन्त्रमा महत्वपूणर् योगदान रहेको स्मरण गराउँदै उनीहरूलाई अतिरिक्त आर्थिक भार थप्ने मन्त्रालयको निणर्य कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् ।
‘हाल वृद्धि भएको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुनेगरी कार्यान्वयनको व्यवस्था मिलाउनुहोला’, प्रधानमन्त्री दाहालले भने, ‘आन्तरिक वा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप सेवा शुल्कलगायत थप आर्थिक भार पर्ने कुनै प्रकारको काम नगर्ने नगराउने व्यवस्था गर्नुहोला ।’

Spread the love