श्रम मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने आवश्यक्ता देखियोः मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम, रोजगार मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने आवश्यक्ता देखिएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अन्तर्राष्ट्रिय छैटौं नेपाल चेम्बर एक्स्पो २०२३ मा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले श्रम मन्त्रालयमा आन्तरिक श्रम बजारका विषयमा प्राथमिकता नदेखिएको भन्दै वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने देखिएको बताउनु भयो । उहाँले मन्त्रालयको कार्यभार सम्हाले पनि श्रमका सम्बन्धमा केही नदेखेको बताउनु भयो। उहाँले श्रम विभाग खिएर गएर माथि उठ्नसक्ने अवस्थामा नरहेको समेत बताउनु भयो । उहाँले पछिल्लो समय मान्छे बेचेर कारोबार भइरहेको भएपनि श्रमबजारमा सुधार नआएको गुनासो आएको बताउनु भयो।
उहाँले मन्त्रालयमा वैदेशिक रोगजार बाहेकका विषयमा कुरा गर्दा स्वदेशी रोजगारको कुनै चर्चा नै नहुने गरेको उल्लेख गर्नुभयो। उहाँले श्रम रोजगारी निजी क्षेत्रसँग जोडिएको विषय भएको भन्दै जबसम्म श्रम बजार व्यवस्थित मर्यादित र सुरक्षित नभएसम्म उद्योगहरु अघि बढ्न नसक्ने बताउनु भयो। उहाँले सरकारले ७५३ वटै पालिकामा प्रधानमन्त्री रोजगारी कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्र स्थापना गरेको बताउनु भयो। मन्त्री भण्डारीले रोजगारका सम्पूणर् सम्भवनाहरुलाई एकिकृत गर्ने हिसाबले रोजगारीका सम्भवनाहरुलाई एकद्वार प्रणालीमा रोजगार सेवा केन्द्रमा पुर्‍याउने उद्देश्य रहेको रहेको बताउनु भयो । उहाँले सरकारले तालिम प्राप्त जनशक्तिहरुलाई रोजगारदाताहरुसँग जोड्ने प्रयास गरिरहेको बताउनु भयो। मन्त्री भण्डारीले अब सरकार र निजी दुवैले कुरा भन्दा पनि काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा गर्नसम्ने सम्भवनाको विषयमा धेरै भएपनि प्रयोग गर्न नसकिएको बताउनु भयो । उहाँले सरकार निजी क्षेत्रसँग रोजगारीको विषयमा सहकार्य गरेर जान तयार रहेको बताउनु भयो । उहाँले सरकारले व्यवसाय र कारोबार गर्ने नभएर व्यवसाय गर्नेहरुको लागि वातावरण तयार गरिदिनुपर्ने बताउनु भयो।
त्यस्तै,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले गत वर्षको बजेटमा नै नेपाली बजारमा कम्तिमा २० प्रतिशत नेपाली उत्पादन राख्नुपर्छ भन्ने नीति बनाएपनि कार्यान्वयन हुन नसकेको बताउनु भयो। उहाँले बजेटमा नै नीतिगत व्यवस्था गरेपनि कसले कार्यन्वयनमा ल्याउने भन्ने बारेमा कोही जिम्मेवार नभएको बताउनु भयो । उहाँले सरकारले काम गरेन भन्ने कुरा तत्काल बिक्ने गरेको तर गरेको कामको चर्चा हुने नगरेको बताउनु भयो । उहाँले तत्कालका लागि २० प्रतिशत भन्यो बिस्तारै ४० प्रतिशत बनाउँदै विदेशी उत्पादन बिस्थापित गर्न सकिने बताउनु भयो।
उहाँले सरकारले निजी क्षेत्रको लागि नीति बनाएन भन्ने तर निजी क्षेत्रले पनि बनाएको नीतिलाई हेरेर कार्यान्वयन गर्न नसकेको आरोप लगाउनु भयो। उहाँले नेपालमा नकारात्मक कुरा बढी बिक्ने गरेको भन्दै अहिले अर्थतन्त्र समस्या देखिएको बताउनु भयो। उहाँले अर्थतन्त्रमा आउने उतारचढावलाई सामान्य रुपमा लिनुपर्ने बताउनु भयो। उहाँले गत वर्षको भन्दा अर्थतन्त्र लयमा आउन थालेको भन्दै निराश हुनुपर्ने अवस्था नरहेको बताउनु भयो।

Spread the love