संघको नयाँ नेतृत्वका लागि निर्वाचन अन्तिम चरणमा , दुई समूहवीच तीब्र प्रतिस्पर्धा

 

काठमाडौँ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वका लागि निर्वाचन अन्तिम चरणमा पुगेको छ । आज अपरान्ह ४.०० बजे सुरु भएको निर्वाचनमा ८.०० बजेसम्म करिव ८८ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा मतदान कार्य जारी छ । निर्वाचनमा नरेश गेलाल समूहर भुवन गुरुङ् समूहविच तिव्र प्रतिस्पर्धा भएको व्यवसायीहरुले बताएका छन् । निर्वाचन समाप्त भएपश्चात आजै मतगणना हुने नेपाल बैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए ।

Spread the love