काठमाडौँ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको वार्षिक साभधारण सभा सुरु भएको छ । आज काडमाडौँको अनुपम फुडल्यापण्डमा नेपाल बैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१ औं वार्षिक साभधारण सभासुरु भएको हो । मा।अर्थमन्त्री विष्णु पौडेलले वार्षिक साभधारण सभा उद्घाटन गर्नुभएको छ । वार्षिक साधारण सभा पश्चात नेपाल बैदेशिक रोजगार व्यवसायी संघको कार्यसमितिको निर्वाचन सुरु हुने छ । उक्त निर्वाचनबाट नयाँ कार्यसमिति छनौट हुने छ । निर्वाचनमा नरेश गेलाल नेतृत्वको प्रगतिशील संयुक्त व्यवसायिक समूह र भुवन सिंह गुरुङ् नेतृत्वको लोकतान्त्रिक गणतान्त्रिक संयुक्त व्यवसायिक समूह प्रतिस्पर्धामा रहेका छन् ।


अध्यक्षका उम्मेदवार गुरुङ म्यानेजमेन्ट प्रा।लि।का संचालक भूवनसिंह गुरुङले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारसँग छलफल र समन्वय गरेर समस्याको समाधानका लागि दिनरात खटिने प्रतिबद्धता जनाए ।
गुरुङले आफू नेता भएर नभई, व्यवसायीको सेवक भएर काम गर्ने प्रतिबद्धता जनाउँदै कुनै पनि आवरणमा हुने सिन्डिकेटको विरोधमा काम गर्ने पहिलो प्रतिबद्धता रहेकोे बताए । उनले विभिन्न भ्रम छरेर संघको निर्वाचनमा विरोधी प्यानल आएको भन्दै व्यवसायी आफ्नो पेसा व्यवसायका लागि सचेत हुनुपर्ने जिकिर गरे ।
अध्यक्षका उम्मेदवार नरेश गेलालले व्यवसायीमा समस्याको छिटो समाधान गर्ने आवश्यकताअनुसार प्रमुख २ घटकको तालमेल र अन्य क्षेत्रीय संस्था तथा व्यवसायीको समर्थनमा आफू चुनावी मैदानमा आएको बताएका छन् ।
संघको वर्तमान कार्यसमितिले व्यवसायीको पक्षमा ऐतिहासिक काम गरेकाले त्यसको निरन्तरताका रूपमा आफ्नो प्यानल आएको भन्दै आफ्नो नेतृत्वले गर्न बाँकी काम संघमा निर्वाचित भएको ३ देखि ६ महिनाभित्र टुंगोमा पु¥याउने गेलाल समुहको प्रतिबद्धता छ ।

२१ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदका लागि निर्वाचन हुनेछ । संघको निर्वाचनका लागि ९०३ प्रतिनिधि दर्ता भएका छन् ।

