सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग ः जितेन्द्र नारायण देव

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग गर्नुभएको छ । राष्ट्रियसभाको विहिबार बसेको बैठकको विशेष समयमा बोल्दै उहाँले सभामुख चयनको प्रक्रिया अघि बढ्न नसक्दा राजनैतिक र संबैधानिक प्रश्न उठ्नुको साथै विधायीकाको  मानहानी भएको तत्काल सभामुख चयन प्रक्रिया अघि बढाउन माग गर्नुभएको हो । उहाले संबैधानिक व्यवस्था र समग्र लोकतान्त्रिक प्रणाली नै नेकपाका शिर्ष नेताको निरंकुशतावादमा पर्दै गएको आरोप लगाउनुभयो ।
उहाँले संविधान, संंघीय संसद र प्रदेशसभा नियमावलिले देशमा प्रधानमन्त्रीको निर्वाचन, मन्त्रीपरिषद् गठन, प्रदेशसभाको राजधानी र प्रदेशको नामाकरण कसरी हुने भन्ने स्पष्ट रुपमा परिभाषित गरेको भन्दै संविधान र लोकतान्त्रिक प्रणालीलाई आत्मसाथ गर्न सरकारलाई सचेत गराउनुभयो । प्रदेश नक्म्बर ३ को सन्र्दभमा सत्ताधारी पार्टीका एकजना सभासद्ले ‘या त मेरा अगाडि बिष पिउने वा पार्टी छोड्ने अवस्था आईपरेको छ’भनेर वक्तव्य आएको उल्लेख गर्दे उहाँले संविधानले दिएको अधिकारलाई कुनै पार्टी र पार्टीका शिर्ष नेताले हनन गर्न नमिल्ने तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो “प्रतिनिधिसभा र संघीय संसदको मानहानी भईरहेको छ  अध्यक्ष महोदय, अदालतमा जानसक्छ यो मुद्धा । हाम्रो प्रतिष्ठा, गरिमा, राज्यका तीन अंग मध्यको यो विधायीका संसदको प्रतिष्ठा र अधिकारको डिभ्यालुयसन भईरहेको छ । मैले सुनेको थिएँ । कम्युनिष्ट पार्टी भित्र केन्द्रीय समितिको नाममा पोलिटव्युरोले ,पोलिटब्युरोको नाममा स्ट्याण्डिङ कमिटीले , स्ट्याण्डिङ कमिटीको नाममा सचिवालयले र सचिवालयको नाममा एउटा वा दुईवटा महासचिव या अध्यक्षले निर्णय गर्ने गर्दछन् । र आम पार्टी कार्यकर्ता आसु बगाएर बस्नुपर्ने स्थिति हुन्छ ।  आज त्यही अवस्था देखिरहेको छु यो मुलुकमा । म माग गर्दछु नेकपाको संविधान र लोकतन्त्रप्रति यदि साच्चीकै आस्था छ भने यो समस्यालाई अब धेरै दिन अड्काएर राख्न हुदैन । इमिडेट यजसुनयज पोसिवल सभामुखको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनुपर्छ । र प्रदेश ३ लाई नियमावलि अनुसार प्रदेशको नामाकरण र राजधानी कहा हुने भन्ने कुरा निर्णय गर्ने अधिकार दिनुपर्छ । ”उहाँले विधि र प्रक्रिया अनुसार अघि बढ्न सरकार र सत्तारुढ पार्टी नेकपाको ध्यानाकर्षण गराउनुभयो । उहाले जनताको बहुदलिय जनवादको नारा अघि सारेको नेकपालाई सही अर्थमा लोकतन्त्रप्रति प्रतिवद्ध रहेको प्रमाणित गरेर देखाउन आग्र गर्नुभयो ।
उहाँले भन्नुभयो “विधि र प्रक्रियाप्रतिको मेरो ध्यानाकर्षण हो । संबैधानिक व्यवस्थालाई मान्ने कि नमान्ने ? लोकतान्त्रिक विधि र प्रक्रियालाई मान्ने कि नमान्ने ? जनताको बहुदलिय जनवादको चुरोलाई मान्ने कि नमान्ने नेकपाले अब ? कि छोड्यो त्यो बाटो ? के साच्ची कै त्यो बाटो छोड्यो ?अब गयो अर्को बाटोमा ? एकदलिय तानाशाहीको बाटोमा गयो ? एक नेताको तानाशाहीको बाटोमा गयो त ? त्यो कुरा भन्न सक्नुपर्छ । ”

Spread the love