सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

सरकारको आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ ।

प्रतिपक्षी दलहरुले राखेका संशोधन प्रस्ताव फिर्ता नलिएपछि बहुमतको आधारमा निर्णय गरि परित भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट जेठ २ गते नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गर्नुभएकोमा प्रतीपक्षी दलहरुले शंसोधन र पुनर्लेखनको माग राख्दै आएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको थियो । नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी कांग्रेसका तर्फबाट सांसद मीनेन्द्र रिजाल, जनमोर्चाकी सांसद दुर्गा पौडेल, नेमकिपाका सांसद प्रेम सुवाल, राजपाका सांसद लक्ष्मणलाल कर्ण र समाजवादीका सांसद सरिता गिरीले संशोधन प्रस्ताव राखेका थिए । संशोधन फिर्ता लिनका लागि संशोधनकर्ता सांसदहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले समय दिएका थिए । तर उनिहरुले संशोधन फिर्ता नलिएपछि बहुमतको आधारमा सरकारको नीति तथा कार्यक्रम पारित भएको हो ।

Spread the love