सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन रहेको शहरी विकास मन्त्रीको भनाइ

नवनियुक्त शहरी विकास मन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गर्नु रहेको बताउनुभएको छ । आइतबार शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै नवनियुक्त मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन गर्नु रहेको बताउनुभएको हो । शहरी विकास मन्त्रालयले पनि निर्वाचन केन्द्रीत काम गर्ने बताउनुभयो । यस आर्थिक वर्षको बजेट आइसकेको र मन्त्रालयले पनि कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा मन्त्रालयले त्यसैलाई प्रभावकारी रुपमा अगाडी बढाउने बताउनुभयो । सरकारको मुख्य कार्यभार निर्वाचन प्रभावकारी बनाउनु भएकोले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचनमा केन्द्रीत हुने मन्त्री साहको भनाई छ ।
मन्त्री साहले मन्त्रालयले विकासको कामलाई प्रभावकारी बनाउने बताउनुभयो । कोरोना महामारी फैलिइरहेको अवस्थामा कोरोना महामारीबाट नेपाललाई अझै सुरक्षित गर्न थप सजगता अपनाउने उहाको भनाई छ ।

Spread the love