सरकारले निजी क्षेत्रका लागी ल्याएको राहतको नेपाल उद्योग परिसंघद्धारा स्वागत

निजी क्षेत्रको मनोवल कमजोर हुन नदिने सरकारसँग मिलेर काम गर्ने घोषणा

नेपाल उद्योग परिसंघले सरकारले निजी क्षेत्रका लागी चालेको पछिल्लो कदमलाई स्वागत गरेको छ । परिसंघले एक विज्ञप्ती जारी गर्दै राष्ट्र
बैंकले ऋणको सावाँ तथा व्याज भुक्तानीका लागी समय पुनर्तालिकिकरण गरेकोमा पनि सराहना गरेको छ । परिसंघले विज्ञप्तीमा भनेको छः
यस्तो अत्यन्त नाजुक अवस्थाबाट अर्थतन्त्रलाई जोगाई राख्न हालै नेपाल राष्ट्र बैंकले चालेका कदम स्वागत योग्य रहेको परिसंघले महशुस
गरेको छ । मैद्रिक नीतिमा गरिएका निश्चित परिवर्तनले अर्थतन्त्रमा तरलता वचाईराख्न सहयोग पुग्ने हामीले विश्वास लिएका छौं । विभिन्न
समयमा परिसंघले उठाउदै आएका विभिन्न विषयहरुलाई नेपालको केन्द्रिय बैंकले मनन गरेको छ, यसले निश्चितरुपम निजी क्षेत्रको
मनोवललाई जोगाई राख्न मद्दत पुग्ने हाम्रो विश्वास छ । त्यसैग्रि परिसंघले नेपाल सरकारले आईतबार लिएका निर्णयहरुको पनि प्रशंसा
गरेको छ । परिसंघले नेपालको अर्थव्यवस्थालाई जोगाई राख्न सरकारसंग निकै ठूलो अपेक्षा गरिएको समयमा राहतको घोषणा गरिएको
भन्दै सरकारको प्रशंसा गरेको हो । सरकारले गरिव परिवार तथा दैनिक ज्यालादारी गर्ने वर्गलाई राहतको व्यवस्था गर्ने निर्णय समेत गरेको
जनाएको छ । र हाललाई अल्पकालीन राहतको व्यवस्था गरि मध्य तथा दीर्घकालीन राहत समेत सरकारले ल्याउने विश्वास लिएको समेत
परिसंघले जनाएको छ । हाल बन्द रहेका उद्योग तथा व्यवसायलाई पुनः पूर्ण क्षमतामा सुचारु गराउने दायित्व सवैको हो भन्दै परिसंघले यस्तो
अवस्थामा निजी क्षेत्रको मनोवललाई कम हुन नदिन आफुहरुले सरकार लगायत सवै सरोकारवालासंग हार्दिक आग्रह गर्न चहेको पनि
जनाएको छ ।

Spread the love