सहिद स्मारक ए डिभिजन लिग राजधानीमा जारी

नेपाली फुटबलको मेरुदण्ड मानिएको सहिद स्मारक ए डिभिजन लिग राजधानीमा जारी छ । १४ क्लबले दशरथ रंगशाला र अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा खेलिरहेका छन् । तेस्रो चरणका खेल सम्पन्न हुँदा साविक च्याम्पियन मनाङ मस्र्याङ्दी स्पष्ट जितका लागि तालिकाको शीर्ष स्थानमा छ । साढे चार वर्ष पछि दशरथ रंगशालमा फुटबल खेल फर्किए पनि रौनक पनि फर्किएको छैन् । दक्षिण एयिाली खेलकुद सागमा दर्शककले उल्लेख्य सहभागिता जनाउँदै नेपाली यु–२३ टोलीलाई साथ दिए । तर लिगमा भने साथ शून्य प्राय छ । तेस्रो चरणका खेल सम्पन्न भइसकेका छन् । साविकको च्याम्पियन मनाङले सम्पन्न तीन खेल मध्य सबै खेलमा जित निकाल्दै ९ अंकका साथ शीर्ष कायम राखेको छ । ललितपुरे टोली थ्रीस्टार पनि अपराजित छ । २ खेलमा जित र एक खेलमा बराबरी खेलको थ्री स्टार ७ अंकका साथ तालिको दोस्रो स्थानमा छ ।

यता राष्ट्रिय टोलीका खेलाडीले भरिएको मच्छिन्द्र पनि जारी लिगमा अर्को अपराजित टोली हो । दुई खेलमा जित र एक खेलम बराबरी खेलकाले मच्छिन्द्र ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । गणितिय समिकरणमा ७ अंक भए पनि यस अघि सम्पन्न रेलिगेशन विनाको लिगमा मच्छिन्द्र पुछारबाट दोस्रो स्थानमा रहँदै एक अंक घटेको हो । समान ६ अंक भएको आर्मी गोल अन्तरका आधारमा तालिकाको चौथौ स्थानमा छ । आर्मीले भने दुई खेलमा जित र एक खेलमा पराजय भोगेको छ । तालिकाको पुछारमा रहेका टोलीद्वय सरस्वती युथ क्लब र फ्रेन्ड्स क्लबले सम्पन्न सबै खेलमा नतिजा सुम्पिएका छन् भने अन्य टोलीले मिश्रित नतिजा हात  पारेका छन् ।जारी लिगमा च्यासल युथ क्लबका स्ट्राइकर सन्तोष साहुखला सर्वाधिक तीन गोल गर्ने खेलाडीको सूचीको शीर्ष स्थानमा छन् । उनको क्लब च्यासलले सम्पन्न तीन खेल मध्ये एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा नतिजा सुम्पिएको छ । उनी लगाएत पुराना अनुहारले जारी लिगमा क्लबबाट प्रतिनिधित्व गरिरहेका छन् । अस्ट्रेलिया बस्दै आएका पूर्व राष्ट्रिय खेलाडी जगजीत श्रेष्ठ मनाङबाट खेल्न नेपाल फर्किएका छन् भने नेपाल पुलिसका रविन श्रेष्ठलेले पुलिस टिममा शुक्रबारको खेलबाट कमब्याक गरेका छन् । यस अघि उनी खुट्टाको चोटका कारण मैदान बाहिर थिए । यस्तै लिगमा नयाँ खेलाडी पनि मौका पाएका छन् भने केही खेलाडीले प्रमाणि गर्ने अवसर पनि पाएका छन् ।

अघिल्लो संस्करणमा नदेखिएको रौनकता खेलाडीमा दखिए पनि दर्शकको नजरमा अझै परेको छैन् । एन्फाले दर्शकलाई आकर्षित गर्न विदेश भ्रमण देखी राष्ट्रिय टोलीसँग डिनरको अफर ल्याएको छ ।  तर पनि दर्शकको उपस्थिति न्युन छ । आयोजका एन्फा पनि लिगको रौनकतालाई त्यति राम्रोसँगै प्रचार प्रसार गर्न सकेको छैन् । दशरथ रंगशालमा खेलहरु सञ्चालन गरे पनि फाटफुटले मात्र लिग हेर्न आएका छन् । लिगमा अब चौथो चरणका खेल सोमबारबाट हुनेछन् । चौथो चरणका सबै खेल एन्फा मुख्यालयमा हुने एन्फाले जनाएको छ ।

Spread the love