साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७०.४१ बिन्दुमा

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिकपछि लगातार रुपमा नेप्से परिसूचकमा गिरावट आएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिकपछि भएको ४ कारोबारमा नेप्से परिसूचक ११२.२२ अंक घटेको छ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २१.१५ अंक घटेर २०७०.४१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७० अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३७ अंकले घटेको छ ।
बिहीवार कारोबारमा आएका २६५ कम्पनीको ४७ लाख ४७ हजार कित्ता शेयर १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवारको तुलनामा बिहीवार नेप्से कारोबार रकम पनि गिरावट आएको छ । बुधवार १ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको थियो ।
बिहीवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.९३ प्रतिशत घटेको छ । त्यस्तै, होटल तथा पर्यटन, वित्त, विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।
बिहीवार नेप्से परिसूचकमा गिरावट आएपनि सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य ७.६५ प्रतिशत बढेको छ । त्यस्तै,राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य ५.२३ प्रतिशत बढेको छ । तर यता, युनिलिभर नेपालको शेयरमूल्य ५.९१ प्रतिशत घटेको छ । बिहीवारको कारोबारमा हिमालयन डिस्टिलरी कम्पनीको ५ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

Spread the love