साताको पहिलो दिन यस्तो छ तरकारीको मुल्य

भदौ २७,काठमाडौ । आइतबार काठमाण्डौमा आलु रातो(भारतीय) को मुल्यमा सामान्य गिरावट भएको छ । शनिबार प्रतिकेजी २९ रुपैया ७० पैसामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य आइतबार प्रतिकेजी २९ रूपैयाँ ३० पैसामा कारोवार भइरहेको छ ।आइतबार काउली (स्थानिय)को मुल्यमा १३ रुपैयाँले गिरावट भएको छ । शनिबार प्रतिकेजी ७८ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य आइतबार प्रतिकेजी ६५ रुपैंयामा कारोवार भइरहेको छ ।

आइतबार प्याज सुकेको (भारतिय)को मुल्यमा ३ रुपैयाँ ७० पैसाले गिरावट भएको छ । शनिबार प्रतिकेजी ४५ रुपैयामा कारोवार भएको प्याज सुकेको (भारतिय) आइतबार प्रतिकेजी ४१ रुपैया ३० पैसामा कारोवार भइरहेको छ।

शनिबारको तुलनामा आइतबार गोलभेडा सानो(टनेल)को मुल्यमा ३ रूपैया २० पैसाले गिरावट भएको छ। शनिबार प्रतिकेजी १६ रुपैया २० पैसामा कारोवार भएको गोलभेडा सानो(टनेल) आइतबार प्रतिकेजी १३ रूपैयाँमा कारोवार भइरहेको छ । आइतबार सानो गोलभेडा(लोकल्) को मुल्यमा २ रुपैयाले गिरावट भएको छ । शनिबार प्रतिकेजी ९ रुपैया ६० पैसामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य आइतबार प्रतिकेजी ७ रुपैया ६० पैसामा कारोवार भइरहेको छ।

Spread the love