साताको पहिलो दिन २१ अर्व भन्दा माथिको कारोवार

साउन ३१ ,काठमाण्डौ ।  मौद्रिक नीति सार्वजनिक पछिको  साताको पहिलो दिन नेप्से परिसूचक २४ दशमलव ८८ अंकले घटेर ३ हजार १५४ दशमलव शून्य ३ विन्दुमा पुगेको छ ।

आइतवार रू. २१ अर्ब ६४ करोड ७६ लाख बराबरको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर कारोबार भएको छ ।सबै भन्दा बढी कारोवार नेपाल बैंकको रहेको छ ।  नेपाल बैंकको रू. १ अर्ब ५ करोड ४६ लाख ७८ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको यस बैंकको शेयरमूल्य पनि ७ दशमलव ३१ प्रतिशतले बढेर अन्तिम मूल्य रू. ५३८ दशमलव ८० पुगेको छ ।

बैंकिङ्ग समूह क्षेत्रको परिसुचक शूनय दशमलव ३४ प्रतिशत वित्त क्षेत्रको परिसुचक २ दशमलव ८९ प्रतिशत,विकास बैंक क्षेत्रको परिसुचक २ दशमलव ७९ प्रतिशत,व्यापारिक क्षेत्रको परिसुचक शून्य दशमलव ९५ प्रतिशत,अन्य क्षेत्रको परिसुचक १ दशमलव ९ प्रतिशत, जीवन बीमा क्षेत्रको परिसुचक १ दशमलव शून्य ५ प्रतिशत र होटल्स तथा पर्यटन क्षेत्रको परिसुचक १ दशमलव ७५ प्रतिशतले घटेको छ ।

आइतवार उत्पादन तथा प्रशोधन समूह क्षेत्रको परिसुचक २ दशमलव ३५ प्रतिशत, लघुवित्त क्षेत्रको परिसुचक २ प्रतिशत र लगानी समूह क्षेत्रको परिसुचक शून्य दशमलव ५६ प्रतिशत ,जलविद्युत् समूह क्षेत्रको परिसुचकसर्वाधिक ४ दशमलव १३ प्रतिशतले घटेको छ ।

Spread the love