सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपः सर्वाधिक २९स्वणर्सहित नेपाल पहिलो

काठमाडौं । नेपालले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा आइतबार सर्वाधिक २९ स्वणर् पदक जित्दै च्याम्पियन बनेको छ । नेपालले थप २६ रजत र ६ कांस्यपदक पनि जित्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वणर्, २२ रजत र १७ कांस्यसाथ दोश्रो भयो ।
नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगितामा तेश्रो स्थानको बंगलादेशले ६ स्वणर्, ७ रजत र १४ कांस्य हात पार्‍यो ।
त्यस्तै ४ स्वणर्, १ रजत र १९ कांस्यसाथ पाकिस्तान चौथो, २ स्वणर्, ८ रजत र २९ कांस्यसाथ श्रीलंका (एनओसी) टिम पाँचौं तथा २ कांस्यसाथ भुटान छैटौं भए ।
विजेतालाई राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य-सचिव सूर्यलाल भण्डारी, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्य-सचिव युवराज लामा, कराते महासंघका महासविच दावा गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुईदिने प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका (एनओसी टिम), भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी थिए ।

Spread the love