सिटिजन लाइफको व्यवसायिक कीर्तिमानः वर्षदिनमा ७ अर्ब ५१ करोड बीमा शुल्क आर्जन

 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ व्यवसायिक कीर्तिमान राखेको छ । सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा७अर्ब ५१ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेर नयाँ व्यवसायिक कीर्तिमान राखेको हो । स्थापना भएको आठ वर्षमै कम्पनीले सर्वाधिक बीमा शुल्क संकलन गर्दै जीवन बीमा क्षेत्रमा आफ्नो प्रभावशाली उपस्थिति देखाएको हो ।
कम्पनीले यो सफलता नीतिगत रणनीति, सक्षम कर्मचारी, र प्रोत्साहित अभिकर्ता नेटवर्कको समन्वयबाट सम्भव भएकोे जनाएको छ। सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले अभिकर्ता, कर्मचारी तथा स्टेक होल्डरको मेहनत र सहकार्यले यो उपलब्धि सम्भव भएको बताए ।कम्पनीले उक्त उपलब्धि भव्य रूपमा मनाउँदै, भविष्यमा अझ प्रभावशाली सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

 

Spread the love