सीमा क्षेत्रका व्यपारीहरुलाई प्रहरीले दुःख दिने गरेको राजपा सांसदहरको गुनासो

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले सीमा क्षेत्रका व्यपारीहरुलाई प्रहरीले दुःख दिने गरेको बताउनुभएको छ । बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कर्णले कर तिरेर सदरमुकामबाट सामान लिएर जाने गरेको भएपनि प्रहरलिे २५ किलोमिटर भित्रबाटे समातेर सीमाबाट बरामद गरेको भन्दै मुचुल्का बनाउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले बोर्डरका पसलहरु बन्द भएका छन् । भ्याट तिरेर सदरमुकामबाट यी सामानहरु लिएर बोर्डरको पसलमा जान्छन् । २५ किलोमिर भित्रै प्रहरीले समात्छ र मुचुल्का सीमामा समाते भनेर बनाउँछ । व्यक्तिले झुट बोल्ला, ठगी गर्ला, डाँका गर्ला तर राज्यले २५ किलोमिटर भित्र समातेर भन्छ बोर्डरबाट समाते । किन भने कमिसन पाउँछ । कमिसन कहाँसम्म पाउँछ मलाई थाहा छैन् । कसले लिन्छ थाहा छैन् ।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद झपड बहादुर रावलले विगतको समिक्षा, वर्तमानको आवश्यकता र भविष्यको चाहाना राख्दै जातिय उत्पिडन, बहिस्करण र छुवाछुत उन्मुलनका लागि सदनले पहल गर्नुपर्नेमा सबैको ध्यानाकर्षण गराउनुभयो । संवैधानिक र कानूनी रुपमा छुवाछुत दण्डनीय भएपनि सिद्धान्त र व्यवहारबीचको असन्तुलनका कारण समस्या उत्पन्न भएको उहाँले बताउनुभयो । देशमा दुई तिहाइको सरकार हुँदहुँदेपनि यस्तोप्रकारका समस्या देखिनु दुःखद पक्ष भएको भन्दै उहाले यसको समाधानका लागि सबै राजनीतिक पार्टीहरुले आफ्ना संगठनहरुलाई एक महिने जातिय छुवाछुत विरुद्धको अभियानमा सहभागि गराउन हाग्रह गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिन बहादुर विश्वकर्माले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लोकप्रिय नारा अघि सारेको भएपनि जनताले समृद्ध नेता, दुःखी नेपाली को महसुस गरिरहेको बताउनुभएको छ । े ।

Spread the love