साउन १७,काठमाण्डौ । आइतवार सुनको मुल्यमा ५ सयले गिरावट आएको छ । शुक्रवार प्रतितोला ९२ हजार ९ सयमा कारोवार भएको सुनको मुल्य आइतवार प्रतितोला ९२ हजार ४ सयमा कारोवार भइरहेको छ । आइतवार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ९ सयमा कारोवार भइरहेको छ ।
आइतवार चाँदीको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । शुक्रवार प्रतितोला १ हजार २ सय ८५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य आइतवार पनि प्रतितोला १ हजार २ सय ८५ रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।
