सुनको मुल्य तोलामा ४ सयले सस्तियो

साउन २७ ,काठमाण्डौ । बुधवार सुनको मुल्यमा  ४  सयले गिरावट आएको छ। मङ्गलवार प्रतितोला ८९ हजार २ सयमा  कारोवार भएको सुनको मुल्य बुधवार प्रतितोला ८८ हजार ८ सयमा कारोवार भइरहेको छ । बुधवार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ७ सय ५० रुपैयामा कारोवार भइरहेको छ ।

बुधवार चाँदीको मुल्यमा १५ रुपैयाले गिरावट आएको छ । मङ्गलवार प्रतितोला १ हजार २ सय ५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य बुधवार प्रतितोला १ हजार १ सय ९० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love