सुनको मुल्य स्थिर, चाँदीको बढ्यो

असार २७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् शुक्रवार रू. १०० ले बढेको सुनको भाउ आइतवार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ४०० मा कारोबार भएको छ । शुक्रवार पनि छापावाला सुन सोही मूल्यमा खरीदविक्री भएको थियो । तेजाबी सुन प्रतितोला रू. ९१ हजार ९०० मा कारोबार भइरहेको छ ।

यस्तै, आइतवार चाँदीको मूल्य भने बढको छ । शुक्रवार प्रतितोला रू. १ हजार ३०५ मा कारोबार भएको चाँदी आइतवार रू. १ हजार ३१५ मा किनबेच भइरहेको छ । शुक्रवारको तुलनामा आइतवार चाँदीको मूल्य रू. १० ले बढेको हो ।

Spread the love