सुनको मुल्य स्थिर

बैशाख ३१, काठमाडौँ । शुक्रवार सुनको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । विहीवार प्रतितोला ९१ हजार ६ सय रुपैयामा कारोवार भएको छापावाला सुनको मुल्य शुक्रवार पनि  ९१ हजार ६ सय रुपैयामा नै कारोवार भइरहेको छ।  शुक्रवार तेजावी सुनको मुल्य पनि ९१ हजार १ सय रुपैयामा नै कारोवार भइरहेको छ ।

शुक्रवार चाँदीको मुल्यमा ५ रुपैयाले गिरावट आएको छ ।  विहीवार प्रतितोला १ हजार ३ सय ३५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य शुक्रवार प्रतितोला १ हजार ३ सय ३० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love