काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्यतोलामा पाँच हजार ७०० रुपैयाँले बढेको हो ।
बिहीबार यस सँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ८१ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख७५ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यपनि बढेको छ । बुधबार एक हजार ८३५ रुपैयाँमा कारोवार भएको चाँदी आज ६५ रुपैयाँले बढेर १हजार ९ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।