सुशासनका लागि सूचनाको हक आवश्यक : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सुशासन स्थापना गर्नको लागि पनि सूचनाको हक आवश्यक भएको बताएका छन् ।
मन्त्रालयस्तरीय सूचना अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रममा उनले सूचनाको हकले पारदर्शिता स्थापित गर्ने, पारदर्शिताले सुशासनको सुनिश्चितता गर्ने भन्दै सुशासनको लागि पनि सूचनाको हक आवश्यक रहेको बताए ।
यस्तै, उनले लोकतान्त्रिक समाज, पद्धतीमा सूचनाको हकलाई जसरी व्यवस्थित गरिन्छ त्यही तरिकाले नेपालमा पनि व्यवस्था गरेको भन्दै नागरिकलाई सूचना उपलब्ध गराउनु सरकारको दायित्व भएको बताए ।
यसकासाथै, उनले सूचनाको हक भन्ने वित्तिकै जे मागे त्यही दिन पर्छ भन्ने पनि हुदैँन् । कतिपय गोप्य राख्नुपर्ने सूचना हुने भन्दै सबै सूचना सार्वजनिक गरेपनि अराजकता पैदा गर्ने गरेको पाइएको छ ।

Spread the love