सूचना प्रविधि बुर्जुवाहरुकै कब्जामा- नेकपा अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सूचना प्रविधि बुर्जुवाहरुकै कब्जामा रहेको बताउनुभएको छ । शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । बुर्जुवाहरुले सूचना प्रविधिको दुरुपयोग गरिरहेको भन्दै अध्यक्ष दाहालले उनीहरुलाई जित्नेगरी आफ्नो हतियार धारिलो बनाउन पनि आग्रह गर्नुभएको छ ।  एक लेख र समाचारकै वरिपरि सबै घुम्न थालेको भन्दै अध्यक्ष दाहालले अग्रमोर्चाको लडाई जित्नका लागि मोर्चाको तयारी र कति राम्रो विधि प्रोग्राम बनाउँदैछौँ भन्ने मुख्य विषय रहेको बताउनुभयो । बुर्जुवाहरुले श्रमजिविहरुलाई सजिलै गरि नपत्याउने तर गद्दीबाट लगत्याएपछि उनीहरुले शासनसत्ताको अनुभव, पैसाको तागतले प्रतिक्रान्तिको तानाबाना बुन्ने गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले पार्टी एकताका विषयमा जनतालाई राम्रोसँग बुझाउन नसकिएमा उनीहरुको नजरमा चिपचिपे र हल्का हुने खतरा बढ्न सक्ने पनि चेतावनी दिनुभएको छ । पार्टी एकताका मर्म र भावनाहरु गम्भिरतापूर्वक बुझ्न आग्रह गर्दै अध्यक्ष दाहालले पार्टी एकता सत्ता प्राप्तीका लागि मात्रै नभएको दाबी गर्नुभयो । आधारभूत विचारमा एक रुपता भएका कारण नै पार्टी एकता सम्भव भएको उहाँले बताउनुभयो ।

Spread the love