सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से परिसूचक २४.५८ अंकले घटेर १९७४.३७ विन्दुमा

काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आइतबार २४.५८ अंकले घट्दै नेप्से परिसूचक १९७४.३७ विन्दुमा रह्यो ।

९७ लाख ६२ हजार ८०३ कित्ता सेयर ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँमा किबेच भएको छ ।

यो गत साताको अन्तिम कारोबार दिनभन्दा घटेको हो । गत बिहीबार नेप्से परिसूचक ७.३१ अंकले घट्दै १९९८.९६ विन्दुमा रहँदा ९४ लाख ९८ हजार २९८ कित्ता सेयर ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँमा किनबेच भएको थियो ।

लघुवित्त र निर्जीवन बीमाबाहेक सबै उपसूचक घट्दा परिसूचकसँगै कारोबार घटेको हो । सर्वाधिक विकास बैंक उपसमूह २.६५ प्रतिशतले घटेको छ ।

१९६ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन् । ४२ कम्पनीको सेयरमूल्य बढेको छ भने ७ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।

सर्वाधिक कारोबार हुनेमा कम्पनीको सूचीमा नेपाल फाइनान्स पहिलो न्मरबमा छ । उक्त फाइनान्सको १२ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

हिमालयन डिष्टिलरीको ११ करोड ९० लाख, पोखरा फाइनान्सको ११ करोड ७० लाख, आइएमई लाइफ इन्स्योरेन्सको ११ करोड र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ९ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सेयरमूल्य बढ्ने कम्पनीका दोल्ती पावर, साधना लघुवित्त, समता घरेलु लघुवित्त लगायत छन् ।

सेयरमूल्य घटेर लगानीकर्ता नोक्सानमा परेका पिपुल्स पावर, सिंगटी हाइड्रवोपावर, हिमालयन डिष्टिलरी, जानकी फाइनान्स, बोटलर्स तराईलगायत छन् ।

Spread the love