सोमबार सुनको मुल्य बढ्यो, चाँदीको घट्यो

साउन ४, काठमाडौं । सोमवार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतवार ६०० रुयैयाँले घटेको सुनको भाउ सोमवार २०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला २०० रुपैयाँले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमवार चाँदीको मूल्य भने घटेको छ । आइतवार प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार १ हजार २९० रुपैयाँमा खरीदविक्री भइरहेको छ ।

 

 

Spread the love