सोमवार नेप्से परिसूचक २३.८५ अंक घटेर १९३३.१३ बिन्दुमा

साताको पहिलो दिन आईतवार ९४.९२ अंकले बढेको नेप्से परिसूचक सोमवार गिरावट आएको छ । लामो समय ओरालो लागिरहेको नेप्से आईतवार एक्कासी उच्च अंकले बढेको थियो । तर सोमवार नेप्से परिसूचक २३.८५ अंक घटेर १९३३.१३ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ७.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६४ अंकले घटेको छ ।
सोमवार कारोवारमा आएका २२९ कम्पनीको ५६ लाख ४१ हजार कित्ता शेयर २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबारको तुलनामा नेप्सेसँगै कारोवार रकम समेत गिरावट आएको छ । आईतवार २ अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये दूई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.५१ प्रतिशत घटेको छ ।
नेप्से परिसूचक गिरावट आए पनि सोमवार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिवाईसी लघुवित्त र न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यता उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य १० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा १५ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ । हिमालयन डिष्टिलरीको ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

Spread the love