सोमवार सुनको मुल्यमा ३ सयले गिरावट

जेष्ठ २४ , काठमाडौँ । सोमवार सुनको मुल्यमा ३ सयले गिरावट आएको छ । आइतवार प्रतितोला ९४ हजार १ सयमा कारोवार भएको छापावाला सुनको मुल्य सोमवार प्रतितोला ९३ हजार ८ सयमा कारोवार भइरहेको छ ।सोमवार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ३ सयमा कारोवार भइरहेको छ ।

सोमवार चाँदीको मुल्यमा ५ रुपैयाले गिरावट आएको छ । आइतवार प्रतितोला १ हजार ३ सय ५५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य सोमवार प्रतितोला १ हजार ३ सय ५० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love