स्टार्टअप वल्र्डकपका नेपाल च्याम्पियनहरु अमेरिकामा हुने ग्लोबल फिनालेमा सहभागी हुने

स्टार्टअप वल्र्डकपका नेपाल च्याम्पियनहरु ग्लोबल फिनालेका लागि आइतबार (भोली) अमेरिका प्रस्थान गर्ने भएका छन । स्टार्ट हब नेपालका अध्यक्ष शम्भु पोखरेलका अनुसार यस वर्षको स्टार्टअप च्याम्पियन ईन्क्सभिल्ला र गत वर्षको स्टार्टअप च्याम्पियन ट्याक्सीमाण्डु सो प्रतियोगिताका भाग लिनका लागि अमेरिका जान लागेका हुन । गत वर्ष कोभिडका कारण सो प्रतियोगिता स्थगित भएकाले स्टार्टअप च्याम्पियन ट्याक्सीमाण्डु पनि यसै वर्ष प्रतियोगितामा सहभागी हुन लागेको स्टार्ट अव नेपालले बताएको छ ।
नेपाली च्याम्पियन स्टार्टअपहरु सेप्टेम्बर २८ मा हुने सेमिफाईनलमा सहभागी हुनेछन भने त्यसबाट उत्कृष्ट १० मा छानिएकाहरु वल्र्ड च्याम्पियनसिपका लागि प्रतिस्पर्धा गर्नेछन । अमेरिकाको क्यालिफोर्नियास्थित सानफ्रान्सिस्कोमा आयोजना हुने सो कार्यक्रममा विश्वका ७० भन्दा बढि देशहरु सहभागी हुने शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

Spread the love