स्टार्टअप वल्र्डकपमा सहभागि हुन काठमाडौंमा तयारी सुरु

काठमाडौं । जिल्ला समन्वय समिति काठमाडौंले, स्टार्टअप वल्र्ड कपमा सहभागिता जनाउन आवश्यक तयारी थालेको छ ।
आइतवार काठमाडौं जिल्लाका दश नगरपालिका र एउटा महानगरपालिका प्रमुखसंग अन्तरक्रिया कार्यक्रममा समितिले प्रत्येक नगरपालिका स्टार्टअप कप प्रतिश्पर्धा गर्न लागेको जानकारी दिएको हो । काठमाडौंका ११ वटै नगरपालिकामा आन्तरिक प्रतिश्पर्धा गराएर शीर्ष हुनेबीच नगरपालिका स्तरमा पुन प्रतिश्पर्धा गराईने जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोलीले जानकारी दिए ।
अन्तराष्ट्रिय तहमा स्टार्टअपमा प्रतिनिधित्व गर्नका लागि आन्तरिक प्रतिपश्र्धा गराउन लागिएको उनले बताए । उनले भने ‘आफ्नो लोकल कम्युनिटी, पालिकाको लागि र अन्तराष्ट्रिय तहमा सहभागि हुनको लागि हामीले प्रतिस्पर्धा गदैछौं । यो पहिलो चरणमा हामीले प्रत्येक पालिकामा प्रतिस्पर्धा गर्ने छौं । जसमा ११ वटै पालिकाबाट हामीले सहभागिता जनाएर ११ वटा पालिका बीच प्रत्येक पालिकाको विजेतालाई घोषणा गर्ने र अन्तीममा ११ वटा पालिकाबीच फेरि प्रतिस्पर्धा गराएर एक जना विजयीलाई अमेरीकाको सिलिकन भ्यालीमा हुन लागेको स्टाटप ओल्डकप २०२३ त्यसको लागि नेपालको तर्फबाट सहभागी गराउने गरी अगाडि बढिरहेका छौँ ।’
फाईनलमा पुगेका टप १० मध्येबाट विजेता १ जना कालिफोर्नियाको सिलिकन भ्यालीमा हुने फाईनलमा सहभागी हुन पाउने छन् ।
गत बर्ष कोभिड महामारीका कारण सरकारले जारी गरेको लगडाउनले गर्दा स्टार्टअप वल्र्डकपको नेपाल क्षेत्रीय प्रतिश्पर्धा अनलाईन गरिएको थियो ।
अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वल्र्डकपको सुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफ वल्र्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वल्र्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपाल मार्फत वल्र्डकप नेपालमा भित्र्याएको हो ।
अमेरिकामा हुने ग्लोबल फिनालेमा विजयी हुने स्टार्टअपले एक मिलियन डलर (१३ करोड नेपाली रुपैया बराबर) लगानी पुरस्कार पाउने छ ।

Spread the love