स्टार्ट अपहब नेपाल र ग्लोबल इक्वीटी फण्ड बिच सम्झौता :स्टार्ट अपको क्षेत्रमा लगानी गरिने

भदौ २५,काठमाडौं । स्टार्ट अपहब नेपाल र ग्लोबल इक्वीटी फण्ड बिच स्टार्ट अपको क्षेत्रमा लगानी गर्ने विषयमा सम्झौता भएको छ ।
स्टार्ट अप वर्ल्ड कपको नेपालको लागी आधिकारीक पार्ट्नर स्टार्ट अपहब नेपाल र नया सोचका साथ स्थापित भएको ग्लोबल इक्वीटी फण्डले एक अर्कामा साझेदारी सम्झौतामा हक्ताक्षर गरेका हुन ।
स्टार्ट अफहब नेपालले स्टार्टअपको विश्वप्रतिश्पर्धा नेपालमा गराउने भएकाले उच्च सम्भाबना भएका स्टार्टअपहरुलाई आवश्यक लगानी गर्न ग्लोबल इक्वीटिफण्डले साझेदारी सम्झौता गरेको फण्डका प्रवन्ध निर्देशक डा. मनिष थापाले बताए ।

ग्लोबल इक्वीटी फण्डको तर्फबाट डा. मनिष थापा र स्टार्ट अपहब नेपालको तर्फबाट डा शम्भु पोखरेलले सम्झौतामा हस्ताक्षर गरेका छन् । यसैगरी, सम्झौतामा इक्वीटी फण्डको क्षेत्रमा काम आएमा स्टार्ट अपहब नेपालले ग्लोबल ईक्वीटिलाई रिफर गर्ने र स्टार्ट अपको क्षेत्रमा काम आएमा ग्लोबल ईक्वीटिले स्टार्ट अप हब नेपाललाई रिफर गर्ने समेत उल्लेख गरिएको डा. मनिषा थापाले बताए ।

स्टार्ट अप हब नेपाल र ग्लोबल इक्वीटी फण्डबिचको सो सम्झौताले नेपालमा उच्च सम्भाव्यता भएका स्टार्ट अपहरुलाई लगानी नपाएकै कारण खुम्चिएर बस्नुपर्ने अवस्थाबाट मुक्ति दिने दुवै पक्षले जनाएका छन् ।

 

Spread the love