‘स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागू गर्न सकनौं’ः अध्यक्ष केपी ओली

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकको स्वस्थ रहन पाउने अधिकार नेपालको संविधान-२०७२ मौलिक हकमा राखिएको भएपनि व्यवहारमा लागू गर्न नसकिएको बताएका छन् ।

एमालेको ‘समृद्धिका लागि संकल्प’ पदयात्राका क्रममा शनिबार अछामको बयलपाटा अस्पतालको निरीक्षण गर्दै उनले सामुदायिक अस्पतालमा राजनीतिकरण भएका कारण जनताले स्वास्थ्य सेवा पाउन नसकेको बताएका हुन् ।

उनले भने, नागरिकले उचित स्वास्थ्य सेवान पाउने पर्ने मौलिक हकमा कानुनी व्यवस्था गरेका छौं । तर, मौलिक हकको रुपमा व्यवहारमा लागू गरेका छैनौं । हामीले संविधानमा जे भनेका छौँ मौलिक हकको रुपमा व्यवहारमा त्यो प्रयोग गरेका छैनौं । सामुदायिक अस्पतालमा राजनीतिकरण भयो ।’

सामुदायिक र जनतास्तरको अस्पताल भएका कारण बयलपाटाले गति समातेको उल्लेख गर्दै अध्यक्ष ओलीले सरकारले यसस्तरका अस्पतालहरुमा लगानी गर्नुपर्ने उल्लेख गरे ।

‘सरकारी अस्पताल मात्र भएको भए यस मोडेलमा अगाडि जान सक्दैन्थ्यो । सामुदायिक र जनतास्तरको सामूदायिक अस्पताल भएकै कारण अगाडि बढ्न सकेको हो । यसस्तरको अस्पतालमा लगानी गरेर सरकारले नागरिकको स्वास्थ्य उपचार पाउने कुरामा ध्यान दिनुपर्छ ।’

सरकारले स्वस्थ नेपाल, निरोगी नेपालको नारालाई कार्यन्वयन गर्नुपर्नेमा उनको जोड थियो ।

Spread the love