स्वास्थ्य बीमा ऐन सामान्य संशोधन प्रक्रिया अन्तिम चरणमा

 

काठमाडौं । स्वास्थ्यबीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले स्वास्थ्यबीमा नियमावलीका केही नियमहरु संशोधन गर्ने प्रकिया अन्तिम चरणमा पुगेको बताएका छन् ।

आइतवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वास्थ्यबीमा ऐनमा सामान्य संशोधन र स्वास्थ्य विमा नियमावलीमा संशोधन गर्ने प्रकिया अन्तिम चरणमा पुगेको बताएका हुन् ।

उनले प्रत्येक पालिकामा प्रथम सेवाविन्दु पुग्नेगरी सरकारले कानून नै संशोधन गरेर अगाडि बढेको भन्दै लक्षितवर्ग धेरै हुँदा भुक्तानीको भार धेरै भएको भन्ने विश्लेषण रहेकाले त्यस्तो अवस्था नरहेको पनि बताए ।

यस्तै स्वास्थ्यबीमा बोर्डको अध्यक्ष चन्द्र बहादुर थापा क्षेत्रीले छरिएका सामाजिक स्वास्थ्यका कार्यक्रमहरु स्वास्थ्यबीमा बोर्डबाट सुरु गरिएको बताए ।

उनले बीमा बोर्डको जनशक्तिलाई सशक्तिकरण गर्न स्थाई कर्मचारीहरुलाई व्यवस्थित रुपमा कार्यान्वयन गर्ने बताए ।

Spread the love