होङ्सी सिमेण्ट उद्योगलाई भदौ अघि नै बिजुली

साउन ६, काठमाडौं । वैदेशिक लगानीको होङ्सी सिमेन्ट उद्योगमा नेपाल विद्युत् प्राधिकरणले आगामी भदौअघि नै विद्युत् आपूर्ति गरिदिने भएको छ ।

यो नेपालको सबैभन्दा ठुलो सिमेण्ट उद्योग हो । जस्ले ठुलो मात्रामा बिद्युत खपत गर्ने गर्छ । नबलपरासीको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन अन्तर्गतको बिजुली उद्योगमा पु¥याउने गरी भइरहेको काम अन्तिम चरणमा पुगेको प्राधिकरणको भनाइ छ ।

डबल सर्किटसहितको काम अघि बढेको बिद्युत प्राधिकरण बर्दघाट–सर्दी प्रसारण लाइन कार्यालयले जनाएको छ । उद्योग मन्त्रालयको ५७ करोड रुपैयाँ बजेटबाट काम भइरहेको हो । बर्दघाट सबस्टेसनबाट उद्योग रहेको सर्दीसम्म बिजुली लैजान बनाउनुपर्ने ६७ टावरमध्ये ४५ वटा बनेर तार समेत टाँगि सकिएको छ ।

३६ अर्ब रुपैयाँ लगानीमा सञ्चालित होङ्सीमा पहिलो चरणमा ३२ मेगावाट बिजुलीको माग छ । यसबापत उद्योगले मासिक १५ करोड रुपैयाँ महसुल भुक्तानी गर्नेछ । दैनिक ४५ सय टन क्षमतामा सिमेन्ट उत्पादन भइरहे पनि पर्याप्त बिजुली आपूर्ति नहुँदा प्रतिबोरा करिब १५ रुपैयाँ उत्पादन लागत बढेको छ ।

मागअनुसारको विद्युत् नपाएकै कारण हाल डिजेल र कोइलाबाट बिजुली उत्पादन गरेर उद्योग सञ्चालन गरिएको छ । यसका लागि दिनमा कम्तीमा ६० हजार लिटर डिजेल खपत हुने गरेको उद्योगले जनाएको छ ।

वैदेशिक लगानीका ठूला उद्योगमा बिजुली, सडक र पानीको आपूर्ति सरकारले गरिदिनुपर्ने भए पनि होङ्सीले मागअनुसारको विद्युत् पाएको छैन ।

 

 

Spread the love