१६ औँ फेका कप बिहीबारदेखि काठमाडौंमा

काठमाडौं । स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) को १६ औँ फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता बिहीबारदेखि आयोजना हुने भएको छ ।
१० दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २४ टिमले नकआउट पद्धतिमा प्रतिस्पर्धा गर्ने फेकाका सह-सचिव एवं कार्यक्रम संयोजक राजु दाहालले जानकारी दिएका छन् ।
प्रतियोगितामा शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रत्येक खेलको ‘म्यान अफ द म्याच’,उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फर्वाडर र प्रशिक्षकलाई समेत ट्रफी प्रदान गरिने छ ।
पुस १ गतेसम्म चल्ने प्रतियोगिताका सबै खेलहरु काठमाडौंको मूलपानी चौर खेल मैदानमा आयोजना हुनेछन् ।

Spread the love