२५४ जनालाई इजरायलबाट नेपाल ल्याइयो

काठमाडौं । इजरायलबाट २५४ जना नेपाली स्वदेश फर्किएका छन् ।
द्वन्द्वग्रस्त इजरायलको बेन गुरियन विमानस्थलबाट २ सय ५४ जना नेपाली बोकेको नेपाल वायु सेवा निगमको जहाज शुक्रबार बिहान काठमाडौं अवतरण भएको हो ।
हिजो अपरान्ह उडेको जहाज शुक्रबार बिहान करिब पौने तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।
युद्धग्रस्त क्षेत्रबाट फर्किएकालाई लिन विमानस्थलमा पुगेका आफन्तको आँशुमा हर्षको आँसु देखिएको थियो । परिवारजनहरू भावविव्हल भएका थिए । उनीहरू अँगालो हालेर रोइरहेका देखिन्थे ।
बिहिबार बिहान साढे २ बजे इजरायलका जहाज झण्डै २४ घण्टापछि नेपालीहरुको उद्दार गरी काठमाडौं फर्किएको हो ।
परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेवानीको जहाज इजरायलमा जोखिममा रहेका नेपालीको उद्धारका लागि पठाइएको थियो । वरिष्ठ क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्रुू मेम्बरले उद्धार उडान भरेका हुन् । हमासको आक्रमणमा परी त्यहाँ इन्टर्नमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरूको शव भने ल्याइएको छैन ।

 

Spread the love