स्थानीय साझेदारी विकास बजेटको रकम निकासा गर्न माग

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रेशम चौधरीको क्षेत्रको स्थानीय साझेदारी विकास बजेटको रकम निकासा गर्न माग गरिएको छ ।
बुधबारको राष्ट्रियसभा बैठकको शूनय समयमा बोल्दै राष्ट्रियसभा सदस्य कमला वलीले उक्त क्षेत्रको बजेट निकासा गर्न माग गर्नुभएको हो । राष्ट्रियसभा सदस्य उदयाशर्मा पौडेलले स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्न तयार पारिएको सफ्टवेयरबाट स्थानीय तहको विवरण गायब पारिएको प्रति ध्यानाकर्षण गराउनुभएको छ । उहााले मंसिर १२ गतेबाट पुुस ४ गतेसम्मको विवरण गायब पारिएको भन्दै आइटीलाई सुरक्षित र भरपर्दो बनाउन सरकरको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रियसभा सदस्य कोमल वलीले अंग्रेजी नयाँ वर्षको शुभकामना दिँदै नेपाल भ्रमण वर्ष २०२० लाई सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको छ । उहाँले नेपालीहरुको अतिथि देवो भवको संस्कारलाई अर्थतन्त्रसँग जोडेर जनजीवन उकास्ने समय आएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । राष्ट्रियसभा सदस्य तारादेवी भट्टले उखु किसानहरुको विषयमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले देशमा भ्रष्टाचार र अपराध फैलिएको अवस्थामा सरकारले त्यसको रोकथाम गर्नुको सट्टा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुष्ठित पार्ने गरि एने ल्याएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

Spread the love