सीमा बचाउ अभियान नेपालले सुस्तासहितको नेपालको नक्सा सार्वजनिक

सीमा बचाउन अभियान नेपालले सुस्तासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । केही दिनअघि कालापानी र लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेको अभियानले सीमा सहितको नक्सा सार्वजनिक गरेको हो । रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी नक्सा सार्वजनिक गरेपछि अभियानले सरकारलाई आधिकारीक नक्सा सार्जजनिक गर्न माग समेत गरेको छ । अभियानका संयोजक भैरव रिसालले सरकारसँग नक्शा जारी गर्न माग गर्नुभएको छ । वर्तमान सरकारले आफ्नै देशको भूभाग समेटेर नक्सा सार्जजनिक गर्न अलमल गरिरहेको भन्दै उहाँले सरकारको आलोचना समेत गर्नुभयो । देशको नक्शा सार्वजनिक गर्न सरकारलाई केले रोक्यो ?’ रिसालले प्रश्न गर्दै भन्नुभयो, सरकारले नक्शा सार्वजनिक गर्न आनाकानी गरेमा देशव्यापी अभियान चलाउने सुरु हुन्छ ।

पूर्व सचिव द्धारिका ढुंगेलले नागरिक स्तरबाट जारी गरेको नक्सा सरकारका मन्त्रीहरुसामु प्रस्तुत गरेर सार्वजकि गर्न माग गरिएको बताउनुभयो । उहाँले नापी विभाग सार्वजनिक गर्न स्वीकारे पनि भूमि सुधार मन्त्रालयले नमानेको कारण अहिलेसम्म नक्सा सार्वजनिक नभएको बताउनुभएको छ । परराष्ट्र मन्त्रालय तहबाट दुवै देशबीच भएको पत्राचारलाई सरकारले प्रकाशित नगरेको भन्दै उहाँले प्रश्न समेत गर्नुभयो । प्रा.डा नरेन्द्र खनालले भारतले मेची क्षेत्रको सीमा विवादमा भारतले मानेको उल्लेख गर्दै पश्चिममा महाकाली क्षेत्रको सीमा विवाद र सुस्ताको विषय अझै समाधान नभएको बताउनुभयो ।  वरिष्ठ जलविज्ञ डा. जगतकुमार भुषालले देशको भूमी एक इन्चपनि अतिक्रमित हुन नहुने भन्दै कालापानी, लिम्पियाधुरा क्षेत्रका अलावा सुस्ताको अतिक्रमित भूभागसहितको नक्शा सरकारले जारी गर्नुपर्ने माग गर्नुभएको छ । अभियानको नक्शा समितिका सदस्य कमल बरालले तत्काल सरकारले कालापानी, लिम्पियाधुरा र सुस्तासहितको नक्शा सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

Spread the love