फागुन १ गतेदेखि ५ गतेसम्म चलचित्र महोत्सव हुने

तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । फागुन १ गतेदेखि ५ गतेसम्म चलचित्र महोत्सव हुने भएको हो । नेपाली चलचित्रको रचनात्मक विकासमा सहयोग पु¥याउने उद्देश्य सहित हुने महोत्वसमा ८० चलचित्रहरु प्रदर्शन हुने आयोजकले जनाएको छ । बिहीबार पत्रकारसम्मेलन गरी दिइएको जानकारी अनुसार महोत्सवमा १० अन्तर्राष्ट्रिय कथानक चलचित्र, ३५ लघु चलचित्र, ५ नेपाली कथानक चलचित्र, १५ नेपाली लघु चलचित्र, ८ वृत्तचित्र र ६ एनिमेटेड चलचित्रहरु प्रदर्शन हुने भएका छन् । विभिन्न ५५ देशका ६ सय भन्दा बढी चलचित्रबाट उत्कृष्ठ ८० वटा चलचत्रि महोत्वका लागि छनोट भएका छन् । एनिमेसन र वृत्तचित्रको विधा यो वर्षबाट थप गरिएको हो । विश्वका कथाहरुको कथ्य उत्सव नारासहित सुरु हुन लागेको महोत्वमा कथानक चलचित्र, बृत्तचित्र र एनिमेटेड विधाका उत्कृष्ट चलचित्रहरुलाई छुट्टाछुट्टै पुरस्कार वितरण गरिनेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ठ कथानक चलचित्रलाई १ हजार ५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ । त्यसैगरी सर्वोत्कृष्ठ वृत्तचित्रलाई १ हजार अमेरिकी डलरसहित माउन्ट एभरेस्ट अवार्ड, सवोत्कृष्ठ एनिमेटेड चलचित्रलाई ७५० अमेरिकी डलरसहित मञ्जुश्री अवार्ड र सर्वोत्कृष्ठ लघु चलचित्रलाई ५ सय डलरसहित बाग्मती अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी नेपाली उत्कृष्ठ चलचित्रलाई १ लाख रुपैयाँसहित को पुरस्कार र ृत्कृष्ठ लघु चलचित्रलाई ४० हवार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ । कथानक चलचित्रको मुल्याङ्कनका लागि बलिउड फिल्म निर्देशक प्रकाश झाको नेतृत्वमा निर्णायक समिति गठन गरिएको छ । वृत्तभित्र, लघु चलचित्र तथा एनिमेटेड चलचित्रको मुल्याङ्कनका लागि श्रीलंकन फिल्ममेकर अनोमा राजाकरुण नेतृत्वको समितिले गर्नेछ । महोत्वसमा विभिन्न विषयमा छलफल लगायतका कार्यक्रमहरु पनि समावेश गरिएको छ ।

Spread the love