काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ त्यस्तै तेजाबी सुन तोलामा १ लाख १० हजार ५५० रुपैयाँमा कायम रहेको छ ।
आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले वृद्धि भई १ हजार ४६० रुपैयाँ कायम भएको छ ।