उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति यस्तो बन्यो

नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमिति चयन भएको छ । उद्योग–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको विद्यमान विधानको प्रावधान अनुसार महासंघ नेतृत्वमा अञ्जन श्रेष्ठ स्वतः पुगेका छन् ।
महासंघको ६०औं साधारणसभा तथा निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको छ ।
जिल्ला, नगर उद्योग वाणिज्य समूहतर्फ दुई उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् । उनीहरूले क्रमशः ८७ र ८० मत पाएका छन् ।
वस्तुगततर्फ उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । एसोसिएटतर्फ एक उपाध्यक्ष निर्वाचित हुने प्रावधान अनुसार प्रबलजंग पाण्डे विजयी भएका छन् । उनले १ हजार ७९ मत ल्याएका थिए ।

त्यसैगरी जिल्ला, नगर उद्योग वाणिज्य संघतर्फ कार्यसमिति सदस्यमा १५ जना निर्वाचित हुने प्रावधान छ । जसमा अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, सन्तोष खड्का, केशवप्रसाद भण्डारी, गोकुल श्रेष्ठ, कृष्ण कटुवाल, ताराबहादुर कार्की, प्रयास श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, छत्रधर आत्रेय, शंकर गिरी, सुदर्शन कार्की र हरिप्रसाद अर्याल निर्वाचित भएका छन् ।

जिल्ला, नगर उद्योग वाणिज्य संघतर्फ दुई महिला सदस्यमा गिता अमात्य र हिरा भट्टराई निर्वाचित भएका छन् । प्रदेशतर्फ जिल्ला÷नगर उद्योग वाणिज्य समूहबाट कार्यसमिति सदस्यमा १४ जना निर्वाचित भएका छन् । वस्तुगत समूहतर्फ कार्यसमिति सदस्यमा १३ जना निर्वाचित भएका छन् ।

एसोसिएटतर्फ कार्यसमिति सदस्य १७ जना निर्वाचित भएका छन् जसमा अम्बिकाप्रसाद पौडेल, ईश्वरबहादुर जीसी, उज्ज्वलकुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवस न्यौपाने, प्रियराज रेग्मी र बटु लामिछाने विजयी भएका छन् ।
यसैगरी बाबुकाजी कार्की, राजेशकुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार बेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छासमेत विजयी भएका छन् ।

 

Spread the love