सञ्चारमन्त्रीलाई बर्खास्त गरी छानबिन प्रकृया अगाडी बढाउनुपर्ने माग राख्दै नेपाली कांग्रेसले गरे राष्ट्रिय सभा बैठक अवरुद्ध

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अगाडी बढाउनुपर्ने माग राख्दै नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । बिहीबारको राष्ट्रियसभा बैठकमा नेपाली कांग्रेसले बास्कोटालाई बर्खास्त गर्नुपर्ने, घटनाको विषयमा छानबिन गर्न समिति गठन गर्नुपर्ने र प्रधानमन्त्रीले संसदमा यसको जवाफ दिनुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेको हो । नेपाली कांग्रेसको तर्फबाट जितेन्द्र नारायण देवले बास्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अगाडी बढउनुपर्ने माग राख्दै प्रधानमन्त्रीले यो विषयमा संसदमा जानकारी गराउनुपर्छ भन्नुभयो । कांग्रेसले बास्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अगाडी नबढाउँसम्म सदन चल्न नदिने भन्दै अवरोध गरेको हो । लगत्तै कांग्रेसका सांसदहरले उठेर विरोध जनाएका थिए । बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेस खरिदका लागि स्वीस कम्पनीका एजेन्टसँग गरेको कुराकानी सार्वजनिक भएको छ । उक्त कुराकानीमा बास्कोटाले आफुले पाउने कमिसनको विषयमा कुराकानी गर्नुभएको छ ।

Comment here