सरकार स्वदेशी वस्तुहरुको निर्यात बढाउने विषयमा केन्द्रीत

सरकार स्वदेशी वस्तुहरुको निर्यात बढाउने विषयमा केन्द्रीत भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाल बंगलादेश व्यापार प्रबन्ध र कनेक्टिभिटि’ सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रलाय र सावती नामक संस्थाले आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले व्यापारको सन्दर्भमा उठेका कुराहरुलाई ध्यानमा राखेर कसरी निर्यात गर्ने भन्ने विषयमा मन्त्रालय केन्द्रीत भएको बताउनुभएको छ । उहाँले बंगलादेशसँग व्यपारको सम्भावना उच्च रहेको र बंगलादेशबाट लगानी समेत आउन सक्ने भएकाले सरकारले दुईदेश बीचको कनेक्टिभिटिमा ध्यान दिएको बताउनुभयो । त्यसका लागि सरकारले प्रोडक्ट रुट र मार्केटिङको विषयमा ध्यान दिएको छ । अहिलेको रुट भन्दा जलमार्गलाई समेत कसरी प्रयोग गर्न सकिन्छ भन्ने सम्भाव्यताको अध्ययन भइरहेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत वंशीधर मिश्रले बंगलादेशसँग व्यपार वृद्धि गर्नका लागि डेडिकेटेड कोरिडोरको विषय उठाउनुपर्ने बताउनुभयो । उहाँले भारतलाई गण्डक योजना अन्तर्गत बिसौं किलोमिटर जमिन दिएका छौं त्यसैगरी भारतसँग नेपालले ३७ किलोमिटर जमिन लिएर बंगलादेशसँग डेडिकेटेड कोरिडोरको विकास गर्नुपर्ने र त्यसका लागि कुरा उठाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपालले बंगलादेशसग गर्ने व्यापार सहज बनाउन र नेपाली वस्तुहरुमाथि बंगलादेशले लगाएको ट्यारिफको विषयमा पनि छलफल भएको थियो । कार्यक्रममा नेपालले बंगलादेशस”ग विद्युत व्यापारका लागि सम्झौता गर्नु सुरुवात भएको र अन्य नेपाली उत्पादनहरुको निर्यातको सम्भावनाका विषयमा समेत समेत छलफल भएको थियो ।

Spread the love