यात्रुहरुलाई निः शुल्क मास्क वितरण

जोखिम न्यूनिकरण गर्न निशुल्क मास्क वितरण गरिएको महासंघको भनाइ

काठमाडौं उपत्यकामा रहेको नया बसपार्कबाट लामो दुरीमा छुटने सावारी साधानमा यात्रा गर्ने यात्रुहरुलाई निशुल्क मास्क वितरण गरिएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघले कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई ध्यान दिएर मास्क वितरण गरेको हो । सरकारले चैत १० गते सोमबार देखि लामो दुरीका सवारी साधन चल्न नदिने भएपछि उपत्यका छाडेर घर फर्कनेहरुको भिड बढेको छ । भिड बढेसँगै कोरोना भाइरस संक्रमणको जोखिम बढेको र त्यसलाई न्यूनिकरण गर्न निशुल्क मास्क वितरण गरिएको महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो । उहाँले सरकारसँग आग्रह गरेर मास्कको व्यवस्थापन गरी बसका चालक, सहचालक र यात्रुलाई मास्क वितरण गरिएको बताउनुभयो । कोरोना भाइरसको संक्रमण उपत्यकामा बढ्न सक्ने आशंकासँगै घरजानेको संख्या बढेको हो । भिडभाडमा नजान सरकारले आग्रह गरेपनि घर फर्कनका लागि काठमाडौंको बसपार्क र कलंकी क्षेत्रमा भिड लागेको छ । शनिवार साँझ सम्म करिब १ लाख ५० हजार मानिसहरुले उपत्यका छाडेका छन् ।

Spread the love