नेपाल लाइफ इन्सुरेन्सको थप दुईवटा अनलाइन सेवा सार्वजानिक

नेपाल लाइफ इन्स्योरेन्सले Maturity Claim / Claim Intimation अनलाइन सेवा संचालनमा ल्याएको छ । Maturity Claim सेवा मार्फत आप्mना बीमितहरुले बीमा लेख Maturity हुने समयावधीको जानकारी लिन सक्नेछन् । यस सेवामा Maturity को समय पुगेका बीमितहरुले आप्mनो बीमा लेखको maturity claim को प्रक्रिया अघि बढाउन सक्नेछन् । जस अनुसार कम्पनीका कर्मचारीहरुबाट maturity claim को प्रक्रियाका काम अघि बढाउने कम्पनीले जनाएको छ ।

त्यसैगरी claim intimation सेवा अन्तर्गत दावीकर्ताहरुले घरमै बसेर अनलाइन मार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन् । जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दावी भुक्तानी प्रक्रिया आगाढि बढाउनेछन् ।

नेपाल लाइफले आप्mना ग्राहकहरुलाई जस्तोसुकै विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिन तथा चुस्त दुरुस्त बनाउनका लागि अनलाइन सेवालाई समय सापेक्ष अझ परिस्कृत गर्दै लगेको छ । जस अन्तर्गत आप्mना बीमितहरुको काम कारवाही बिना रोकावट अघि बढाउन यो सेवा प्रवाह गरेको कम्पनीले जनाएको छ । आगामी दिनमा समय सापेक्ष आप्mना सेवाहरु अझ परिस्कृत तथा प्रभावकारी ढंगले अगाडि बढाउँदै लैजाने प्रतिवद्धता कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ ।

Spread the love