स्वास्थ्य मन्त्रालयलाई ज्योति समुहको ब्याकप्याक स्प्रे सहयोग

ज्योति समुहको स्याकर ट्रेडिङ कम्पनीले सरकारलाई १० थान व्याकप्याक स्प्रे सहयोग गरेको छ ।

विभिन्न ठाउँबाट हुन सक्ने संक्रमणबाट रोक्नका लागि व्याकप्याक स्प्रेको प्रयोग उपयोगि हुने भएकाले होण्डाको व्याकप्याक स्प्रे १० थान उपलब्ध गराएको ज्योति समुहका निर्देशक सौरभ ज्योतिले बताउनुभयो । स्याकर ट्रेडिङका अध्यक्ष समेत रहनुभएका ज्योतिले व्याकप्याक भित्र सोडियम हाइपोक्लोराइड राखेर घर, कार्यालय, विद्यालय लगायत मानिसको आवतजावत हुने सबै ठाउँहरुलाई संक्रमण शुन्य बनाउन सकिने बताउनुभयो । उहाँले निजी क्षेत्र पनि सरकार सँगै छ भन्ने भावना सहित सहयोग गरेको बताउनुभयो ।

स्प्रे गनको सहायताले किटनासक औषधि राखेर छर्कन समेत उपयोगि हुने उहाँले बताउनुभयो । स्याकर ट्रेडिङले यसअघि कोरोना भाइरसको विषयमा सचेतना फैलाउन नेपाल मेडिकल एसोसिएसनसँग मिलेर कोरोना हेल्पलाइन सेन्टरको सञ्चालन गरिरहेको छ । यो सेन्टरबाट कुनैपनि व्यक्तिले आफ्नो स्वास्थ्यको विषयमा जानकारी लिन सकिने छ । यस्तै कुनैपनि बिरामीलाई डाक्टरसँग जोडने र हेल्पलाइन मार्फत उपचार र स्वास्थ्य सम्बन्धी सल्लाह लिन सकिने उहाँले बताउनुभयो ।

Spread the love