नेदरल्यान्डमा कोरोना संक्रमित नेपाली महिलाको मृत्यु

बेदराम कंडेल
नेदरल्यान्ड

तीन हप्ता देखी कोरोना संक्रमित म्याग्दीकी लक्ष्मी भट्टचनको शनिबार उपचारकै क्रममा नेदरल्यान्डको अस्पतालमा शनिबार १८ अप्रिल का दिन निधन भएको छ । लक्ष्मी भट्टचन १२ वर्षदेखि नेदरल्यान्डमा परिवार संग स्थाई बसोवास गर्दैै आइरहेकी थिइन् । सुरु सुरुमा सामान्य रुघाखोकी , टाउको दुख्ने, मुटु दुख्ने लक्षण देखिएपछि डाक्टरको सल्लाहअनुसार आषधी उपचार गराइरहनुभएको थियो । गत हप्ताबाट कोभिड १९ को लक्षण बढ्दो भएपछि अस्पताल भर्ना हुनु भएको थियो । उपचारका क्रममा विभिन्न अस्पताल परिवर्तन गर्दै अन्तिममा नेदरल्यान्डको खोरनीडगनमा रहेको आइ सि यु कक्षमा उपचारार्थ गराउदै आइरहनु भएको थियो । उनी सामान्य रक्तचापको बिरामी रहेका उनका साथीहरुले बताएका छन् । श्रीमान भरत भट्टचन, १२ वर्षका १ छोरा र ७ वर्षकी एक छोरी पनि नेदरल्यान्डमै बसोवास गर्छन् , उनका श्रीमान र छोराछोरी भने पूर्ण स्वस्थ छन् । नेदरल्यान्ड सरकारले विगत ४ हप्ता देखि कोभिड १९ बढ्दै गइरहेकाले सम्पूर्ण विद्यालय, रेस्टुरन्ट कलेजहरु पूर्ण बन्द गरेको छ । अस्पतालले मृतकको डेथ बडी परिवार लाई नदिने भएपछि नेपाली परम्पराअनुसार दाहसंस्कार कसरी गर्न सकिन्छ भन्ने बारे आफन्त तथा समाजका अगुवाहरु संग छलफल हुदैछ । कोभिड १९ बाट संक्रमित भइ नेदरल्यान्डमा मृत्यु हुने यो पहिलो घटना हो । मृतकका श्रीमान भरत भट्टचन समाजसेवी तथा मोन नेदरल्यान्डका उपाध्यक्ष्ँ हुन । नेदरल्यान्डमा रहेका विभिन्न संघ संस्था मोन नेदरल्यान्ड, गैर आवासीय नेपाली संघ , जनसम्पर्क समिति , नेपाली प्रभासी एकता मन्च, जातिय क्ष्ँत्रीय व्यवसायीक कलाकार विद्यार्थी, पत्रकार तथा सर्वसाधारणहरुले मृतकको शान्तिको कामना साथै भट्टचन परिवारलाई धैर्य धारणाको लागि समवेदना व्यक्त गरेका छन् ।

Spread the love