नयाँ योजनालाई बजेट छुट्याउन नसकिने नेपाल राष्ट्र बैंकको भनाइ

नेपाल राष्ट्र बैंकले अहिलेको परिस्थितिमा नयाँ योजनालाई बजेट छुट्याउन नसकिने बताएको छ । हिजोका योजनाहरु अगाडी बढाउन अहिलेको स्रोत र सीमाहरु अर्याप्त रहेकाले नया योजनकालागि बजेट छुट्याउन सक्ने अवस्था नभएको बैंकले बताएको छ । पाइप लाइनमा रहेका योजनाहरुलाई प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्ने परिस्थितिमा नयाँ योजनाहरु आउन समय लाग्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभयो ।

साना तथा घरेलु व्यवसायीहरुलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले पुर्नकर्जा सम्बन्धी कार्यविधि परिमार्जन गर्ने तयारी गरेको छ । साना तथा घरेलु व्यवसायीहरुलाई प्राथमिकता दिनेगरी पुर्नकर्जा कार्यविधि गरिने गभर्नर अधिकारीले बताउनुभयो । पुर्नकर्जाको प्रकृया धेरै लामो भएकाले प्रयोगमा नआएको र ठूला खालका ऋणिहरुले मात्रै पहुँच रहेकाले कार्यविधि परिमार्जन गरिन लागेको उहाँले बताउनुभयो ।

सरकारले पुर्नकर्जाको सीमा पनि विस्तार गरेको छ । पुर्नकर्जाको सीमा विस्तार गरी १ खर्ब पु¥याउने निर्णय सरकारले गरेको हो । पुर्नकर्जा कोषबाट प्रवाह हुने कर्जाको ब्याजदर घटाउने व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकले व्यवस्था मिलाउनुपर्ने र साना तथा घरेलु उद्योगहरुको सञ्चालनका लागि आवश्यक पर्ने चालु पूँजी कर्जा सहुलियत दरमा उपलब्ध गराउन पनि सरकारले राष्ट्र बैंकलाई भनेको छ ।

Comment here