जिल्ला सरकारी वकिल कार्यालयद्धारा सांसद डा.सुरेन्द्र यादवको अपहरण सम्बन्धि निवेदन दर्ता

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धि निवेदन दर्ता गरेको छ । सांसद डा. यादवले आफुलाई अपहरण गरेको भन्दै सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वआइजीपी सर्वेन्द्र खनाल विरुद्ध दिएको निवेदन दर्ता गरेको हो । यसअघि अध्ययनका लागि केही समय चाहिने भन्दै सरकारी वकिल कार्यालयले उजुरी लिएको थिएन् । सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता हरिप्रसाद रेग्मीले सोमबार डा. यादवको उजुरी दर्ता भएको बताउनुभयो । प्रहरीले जाहेरी लिन नमानेपछि कानूनअनुसार सरकारी वकिल कार्यालयमा दर्ता भएको उहाँले बताउनुभयो ।
उहाले भन्नुभयो,जाहेरी लिएर प्रहरीमा गएका थियौ । तर प्रहरीले इन्कार गरेपछि कानून अनुसार यहँ (सरकारी वकिल कार्यालय) मा दर्ता हुनुपर्ने हो । त्यसैले यहाँ गरिदिनुप¥यो भनेर उहाँहरु आउनुभयो । त्यसैले विषय के रहेछ । हेर्नुप¥यो भनेर कानूनले दिएको जिम्मेवारी अनुसार निवेदन दर्ता भएको छ ।

सरकारी वकिल कार्यालयमा दर्ता भएको उजुरी आवश्यक कारवाहीका लागि प्रहरीमा पठाउनुपर्ने कानूनी प्रावधान अनुसार उजुरी प्रहरीकोमा पठाइने छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५ मा जाहेरी दर्खास्त वा सूचना प्रहरीले दर्ता नगरे सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था छ । र, उजुरी प्राप्त भएपछि सम्बन्धित सरकारी वकिलको कार्यालयले त्यसको अभिलेख राखेर जाहेरी दर्खास्त वा सूचना आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्ने व्यवस्था छ । यसअघि डा. यादव लगायतका नेताहरु सरकारी वकिलको कार्यालय पुगेपनि निवदेन दर्ता भएको थिएन् । प्रहरी र सरकारी वकिल कार्यालयले निवेदन दर्ता नगरेपछि डा. यादवले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिनुभएको थियो ।

Spread the love