संसद सचिवालयका महासचिव भरतराज गौतमद्धाररा पद तथा गोपनियताको सपथग्रहण

संसद सचिवालयका महासचिव भरतराज गौतमले पद तथा गोपनियताको सपथ लिनुभएको छ । सोमबार संसदको महासचिवमा नियुक्त हुनुभएका गौतमले मंगलबार पद तथा गोपनियताको सपथ लिनुभएको हो । सपथ ग्रहणपछि सञ्चारकर्मीहरुस“ग कुरा गर्दै महासचिव गौतमले संविधान र कर्मचारी नियमावलीमा भएको व्यवस्थाअनुसार आफ्नो कर्तव्य वफादार भएर निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो । प्रतिनिधिसभा र राष्ट्रियसभाको एउटै सचिवालय भएकाले दुबै सदनलाई समन्वय गरेर अगाडी बढाउनुपर्ने पहिलो जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले संविधान र ऐन अनुसार आफ्नो जिम्मेवारी व्यवसायीक ढंगले निर्वाह गर्ने बताउनुभयो ।

गौतमलाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ गराउनुभएको हो । सपथ ग्रहण कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका विभिन्न पार्टीका संसदीय दलका नेता, सचेतक र समिति सभापतिहरुको सहभागिता रहेको थियो । सथपग्रहण पछि गौतमले आजै पदभार समेत ग्रहण गर्नुभएको छ । गौतमलाई राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र प्रतिनिधिसभाका सभामुख सापकोटाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले महासचिवमा नियुक्त गर्नुभएको थियो ।

Spread the love