सरकार मात्तृभूमिको हितलाई सर्वोपरी ठानेर त्यसैका निम्ति समर्पित रहेको प्रधानमन्त्री ओलीको स्पष्टोक्ति

प्रधानमन्त्री केपी शर्मा ओली सरकार मात्तृभूमिको हितलाई सर्वोपरी ठानेर त्यसैका निम्ति समर्पित रहेको स्पष्ट पार्नुभएको छ । नीति तथा कार्यक्रममाथि जवाफ दिईसकेपछि सांसदहरुले राखेको प्रतिप्रश्नको जवाफ दिदै उहाँले सरकार कसैको दबाबमा नपरेको तथा नेपाल र नेपालीको सार्वभौम, समानता, स्वाधिनता र स्वभिमानलाई प्राणभन्दा प्यारो ठानेर त्यसैमा समर्पित भएको स्पष्ट पार्नुभएको हो । उहाँले सिमा अतिक्रमणको विषय उठाएकोमा अरुको उक्साहटमा लागेर नेपालले बोल्यो भन्नु नेपाललाई हेच्याउने र अपमान गर्ने कुरा भएको भन्दै उहाँले नेपाल कसैको उक्साहटमा नपर्ने स्पष्ट पार्नुभयो ।

सिमा अतिक्रमणबारे
अतिक्रमित जमिन फिर्ता लिन सहज नभए पनि नक्सा सार्वजनिक गर्नुले दृढता सार्वजनिक गरेको भन्दै मुलुकको शक्तिले न्याय निरुपणमा प्रतिबिम्बित हुनु हुदैन भन्ने पक्षमा सरकार रहेको स्पष्ट पार्नुभयो । उहाले विवादित भूमिको समस्या समाधान गर्नका लागि भारत बार्ताको टेबलमा बस्नुको विकल्प नभएको र वार्तामा सहभागी हुनेछ भन्ने विश्वास सरकारले लिएको बताउनुभयो । नेपाल सरकार भारतसग तनाब नभई तनाबरहित मित्रता चाहेको भन्दै उहाँले भूमि सम्बन्धी इतिहासका त्रुटी सच्याएर मित्रतालाई उचाईमा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले भूमि सम्बन्धी विवाद तथ्य र वार्ताका आधारमा टुंग्याएर वास्तविक र मन देखिको मित्रता देखाउन भारतलाई नेपाल सरकारले आग्रह गरेको बताउनुभयो ।
ओम्नीबारे
प्रधानमन्त्री ओलीले स्वास्थ्य सामाग्री खरिदमा अनियमिता भएको प्रमाणित भए कारवाही गरिने प्रतिवद्धता जनाउनुभएको छ । स्वास्थ्य संकटको राष्ट्रिय स्थितिमा भएका बेला स्वास्थ्य अवस्थाको जटिल परिस्थितिका कारण कानुनको वास्ता नगर्ने अवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो । सामान्य अवस्थाको खरिद प्रक्रिया नभई विशेष अवस्थाको खरिद प्रक्रिया भएको दाबी गर्दै उहाले निराधार कुरा नगर्न पनि चेतावनी दिनुभयो । विशेष अवस्थामा मन्त्रालय र सम्बन्धीत विभागका प्रमुखले खरिद प्रक्रिया छोटो प्रक्रियाबाट अघि बढाउन पाउने र स्वास्थ्य विभागका निर्देशकले ती काम गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

जाच किटमा पनि भ्रष्टाचारको भन्ने सांसदहरुको प्रश्नमा उहाँ देशै आतंकित भएका बेला भ्रष्टाचार गर्नेलाई सरकारले नछोड्ने आश्वासन दिनुभयो । उहाले कोरोनाको माहामारीबाट जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको भन्दै त्यसपछि सरकारले योजनाबद्ध ढंगले अर्थतन्त्र माथि उठाउने स्पष्ट पार्नुभयो ।उहाँले विदेशमा भएका ४०÷ ४५ लाख युवालाई तत्काल मुलुक भित्र ल्याउन सानो तयारीले नहुने भएकाले सरकार व्यापक तयारीमा लागेको बताउनुभयो । आफुले विभिन्न देशमा राष्ट्रप्रमुखसंग कुराकानी गरिरहेको भन्दै उहाँले कोरोनाको महामारी सकिएपछि विदेशमा रहेका नेपालको आवश्यकता र चाहनाका आधारमा कार्यरत देशमा वा स्वदेशमा व्यवस्थापन गरिने बताउनुभयो । उहाले स्वदेशमै भएका नागरिकको सुरक्षा र विदेशमा भएका नागरिकको समस्या समाधान गर्नुपर्छ भन्नेमा सरकार दृष्ढ स्पष्ट र क्रियाशिल भएको जानकारी गराउनुभयो ।

उहाले संक्रमितको संख्या बढ्दै गर्दा गुणस्तरीय क्वारेन्टाईन बनाउने तयारीमा नै सरकार लागेको स्पष्ट पार्नुभयो । उहाँले संविधानमा भएको व्यवस्था अनुसार आयोग गठनमा विभिन्न कारणले बिलम्ब भएको भन्दै अब छिटै गरिने आश्वासन दिनुभयो । छिटै गर्न अध्यादेश पनि जारी भएको तर आशंका पैदा भएपछि जनभावनाको कदर गर्दै फिर्ता गरिएको बताउनुभयो ।

Spread the love