१०० भन्दा कम कामदार पठाउने म्यानपावरलाई नवीकरणका लागि विभागले बोलायो

 

वैदेशिक रोजगार विभागले १०० भन्दा कम कामदार विदेश पठाउने म्यानपावर कम्पनीलाई इजाजतपत्र नवीकरणका लागि विभागले बोलाएको छ । विभागले आइतबार एक सूचना जारी गर्दै १०० भन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीलाई नवीकरणका लागि बोलाएको हो ।
साउन ३१ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले २०७९÷८० र २०८÷८१ मा वार्षिक रुपमा न्यूनतम् १०० जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्था (म्यानपावर कम्पनी) को आर्थिक वर्ष २०८१÷८२ को लागि नवीकरण गर्न आएमा अन्तिम पटकका लागि नवीकरण गरिदिने गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार अनुसार आर्थिक वर्ष २०८१÷०८२ का लागि इजाजतपत्र नवीकरण लागि विभागले म्यानपावर कम्पनीलाइ बोलाएको हो । यो वर्ष ३१७ वटा म्यानपावर कम्पनी खारेजी सूचीमा परेका थिए ।

Spread the love